सलोनले किन दिए गर्लफ्रेण्डलाई ट्याक्सीको संज्ञा (भिडियो)

पौष २५ बाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आभाष’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । शुक्रवार सार्वजनिक ट्रेलरले सिनेमा भित्र समावेश प्रेम, रोमान्स लगायतका पलहरुलाई बताउँछ ।

निशा अधिकारी, संयम पुरी, आश्मा डिसि, सलोन बस्नेत, प्रकृती श्रेष्ठ लगायतको अभिनय रहेको सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सुरेन्द्रको यो डेब्यु निर्देशन हो । उनले लामो समयदेखी सिनेमा सम्पादनको काम गर्दै आएका थिए ।

गोविन्द शाहीले निर्माण गरेको यो सिनेमाले युवा पुस्ताको प्रेमको कथा बोल्दछ । सिनेमामा गोविन्दसँगै पवन श्रेष्ठ र दीपक शाहीको पनि लगानी छ । ‘आभाष’मा काठमाडौं तथा पोखराका मनोरम दृश्यहरु समावेश छन् ।

aavash