फ्राईडे रिलिजः 'नाईके' सँग 'रङ बैजनी'को भिडन्त

फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दु्ई नेपाली सिनेमा दर्शकमाझ आएका छन् । १२ बर्षपछी निर्देशनमा फर्केका सम्भु प्रधान निर्देशित सिनेमा ‘रङ बैजनी’ र नेत्र गुरुङको निर्देशन रहेको सिनेमा ‘नाईके’ दर्शकमाझ आएका हुन् । naike vs ranga baijani‘रङ बैजनी’

पुराना निर्देशक प्रधानको यो सिनेमाले महिलाको कथा बोल्छ । गरिमा पन्त, दिक्पाल कार्की र सुमिना घिमिरेको लिड अभिनय रहेको सिनेमामा लगानी नुतन प्रधानको रहेको छ । सम्भुका छोरा शशाङ्क प्रधानले यो सिनेमालाई खिचेका हुन् । सिनेमा ४० बढी हलहरुमा प्रदर्शनमा आएको निर्माण युनिटको दाबी छ ।

‘नाईके’

सिनेमाको पर्दामा लभर व्वाई को रुपमा परिचित अभिनेता आर्यन सिग्देलको पहिलो एक्शन प्रधान सिनेमा हो ‘नाईके’ । पोखरेली टिमको यो सिनेमामा आर्यनसँगै सुर्बिना कार्की लिड रोलमा छन् । सिनेमामा काठमाडौं तथा पोखराका दृश्यहरु समावेश छन् ।