पल्लवीलाई बदनामको डर हुँदा आर्यन र हसनको यस्तो मस्ती (भिडियो)

हिन्दु र मुस्लिम दुई समुदायका युवा युवतीबीचको प्रेम कथा बोल्ने सिनेमा ‘अलविदा’को आईटम गीत सार्वजनिक गरिएको छ । नरेश भट्टराईको शब्द रचना रहेको ‘हुन्छु की म बदनाम’ बोलको यो गीतमा नृत्याङ्गना पल्लवी भट्टले कम्मर मर्काएकी छिन् भने पल्लवीसँगै अभिनेता आर्यन सिग्देल र हसन खान पनि फिचरिङमा छन् । सिनेमामा आर्यन र हसनसँगै अनिता आचार्य लिड रोलमा छिन् ।

लक्ष्मण रिजाल निर्देशित पुष २५ गतेबाट दर्शकमाझ आउने यो सिनेमाको सार्वजनिक गीतमा स्वर मनिषा पोखरेलको रहेको छ भने ताराप्रकाश लिम्बुको संगीत समावेश छ । नृत्य निर्देशन राम्जी लामिछानेको रहेको यो गीतमा क्यामेरा रोहन नेपालीको रहेको छ ।

सिनेमाको कथा पनि हसनको नै हो भने निर्माता पनि हसन नै हुन् । केहि दिन पहिेले सार्वजनिक यो सिनेमाको ‘जीन्दगीको दुई पल’ बोलको गीतले राम्रो प्रतिक्रिया पाईरहँदा सार्वजनिक यो गीतलाई दर्शकले कसरी लिन्छन त्यसले सिनेमालाई नै नाफा घाटा हुनेछ ।

aryan hasan and pallavi on albida