तथास्तु ट्रेलरः रेखाको छातीमा कसले हान्यो लात ? (भिडियो)

rekha on tathastuपौष २५ लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘तथास्तु’को अफिसियल ट्रेलर रिलिज भएको छ । रेखा थापा स्टारर यो सिनेमाको सार्वजनिक ट्रेलरमा उनका केहि एक्शन दृश्यहरु समावेश छन् । ट्रेलरले नै सिनेमामा रेखाको खास एक्शन अनि नारी अधिकारको पक्षमा सशक्त आवाज समेटिएको अनुमान लगाउन सकिन्छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा रेखाको छातीमा कसैले लात हानेको दृश्य देखाईएको छ । जसले पनि सिनेमा कस्तो बनेको छ, अनि रेखाको छातीमा कसले लात हान्यो भन्ने कौतुहलता धेरैमा बढाएको छ ।

सविर श्रेष्ठको निर्माण तथा निर्देशन रहेको यो सिनेमामा रेखासँगै किशोर खतिवडा, बिज्ञान जोशी, सुवास थापा लगायतको अभिनय छ । बसन्त सापकोटाको संगीत रहेको यो सिनेमालाई बाबु श्रेष्ठले खिचेका हुन् ।

भिडियोः

rekha on tathastu