‘डि सिने अवार्ड’: 'मोक्ष' बर्षकै सर्बोत्कृट सिनेमा (सूचीसहित)

d cine mokshyaवुधवार सम्पन्न ‘डि सिने अवार्ड २०७१’ अन्तर्गत सिनेमा ‘मोक्ष’ले वर्षकै उत्कृष्ट सिनेमाको अवार्ड जितेको छ । २ दिन हिले मात्रै कामना अवार्डमा उत्कृट कथामा अवार्ड थापेको यो सिनेमा डि सिने अवार्डमा उत्कृष्ट ठहरिँदा ‘नाई नभन्नु ल २’ बाट विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

d cine aryan dai

त्यस्तै अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीमा भने सिनेमा ‘महसुस’बाट क्रमशः आर्यन सिग्देल र केकी अधिकारी वर्षकै उत्कृष्ट ठहरिए । यो जोडीले कामना अवार्डमा पनि सर्बोत्कृष्टको अवार्ड जितेको थियो । त्यस्तै ‘डि सिने अवार्ड’मा उत्कृष्ट लेखन तर्फ ‘छ एकान छ’बाट दिपकराज गिरी उत्कृष्ट ठहरिए भने उत्कृष्ट नव निर्देशकमा मोक्षबाट प्रविण श्रेष्ठले अवार्ड जिते । भने क्रिटिक्स अवार्ड अभिनेत्री तर्फ नम्रता श्रेष्ठले हात पारिन् भने अर्पण थापाले अभिनेतामा जिते ।

d cine namrataछायाँछबी क्रियशनको तर्फबाट छैठौँ पटक आयोजना गरिएको ‘डि सिने अवार्ड’मा नव अभिनेताको अवार्ड भने सिनेमा ‘प्रोड्युसर’बाट श्याम अर्यालले पाउँदा नव अभिनेत्रीमा ‘मधुमास’बाट पुजा शर्मा उत्कृष्ट बनिन् । त्यस्ततै खल पात्रमा ‘छ एकान छ’बाटराजबल्लभ कोईराला उत्कृष्ट ठहरिए । बर्ष २०७० को उत्कृष्ट छायाँकारको अवार्ड पुरुषोत्तम प्रधानले ‘छ एकान छ’बाट जितेका छन् । प्रज्ञा अवनमा सम्पन्न अवार्ड समारोहमा विभिन्न साँस्कृतिक कोशेलीहरु पनि पस्किएको थियो ।

d cine bidur dai with team

d cine karishma wid team

अवार्ड बिजेताहरुको सुची यसप्रकार छः

उत्कृष्ट ध्वनी मिश्रण:                  दीप तुलाधर –प्रोड्युसर

उत्कृष्ट पार्श्व संगित:                  एलिश कार्की – छ एकान छ

उत्कृष्ट द्न्दव निर्देशक:                 चन्द्र पन्त – लोफर

उत्कृष्ट नृत्य निर्देशक:                 शंकर वि सी – बितेका पल

उत्कृष्ट गीतकार:                      कृष्णहरि बराल – नाई नभन्नु ल-२ (मर्ने कसैलाई रहर हुँदैन)

उत्कृष्ट गायिका:                      दुर्गा परियार – महशुस

उत्कृष्ट गायक:                       प्रेम परियार – नाई नभन्नु ल- २

उत्कृष्ट संगितकार:                    वसन्त सापकोटा – नाई नभन्नु ल-२ (यी आँखामा)

उत्कृष्ट नव अभिनेत्री:                  पूजा शर्मा – मधुमास

उत्कृष्ट नव अभिनेता:                  श्याम अर्याल – प्रोडियूसर

उत्कृष्ट नव निर्देशक:                  प्रविन श्रेष्ठ – मोक्ष

उत्कृष्ट खलपात्र:                      राजवल्लभ कोइराला – छ एकान छ

उत्कृष्ट चरित्र अभिनय:                 शैलेस आचार्य – छ एकान छ

उत्कृष्ट सह अभिनेत्री:                  प्रियंका कार्की – नाई नभन्नु ल- २

उत्कृष्ट सह अभिनेता:                  विल्सन विक्रम राई – प्रोडियूसर

उत्कृष्ट लेखन:                       दिपक राज गिरी – छ एकान छ

उत्कृष्ट सम्पादन:                     विपिन मल्ल – बितेका पल

उत्कृष्ट छाँयाकार:                     पुरूषोत्तम प्रधान – छ एकान छ

उत्कृष्ट अभिनेत्री:                     केकी अधिकारी – बितेका पल

उत्कृष्ट अभिनेता:                     आर्यन सिग्देल – महशुस

उत्कृष्ट निर्देशक:                      विकास आचार्य – नाई नभन्नु ल-२

उत्कृष्ट चलचित्र:                      मोक्ष

विशेष अवार्ड:

जुरी अवार्ड:                              सुरज भुषाल (निर्देशक) – मौन

क्रिटिक्स अवार्ड अभिनेता:        अर्पण थापा – मौन

क्रिटिक्स अवार्ड अभिनेत्री:        नम्रता श्रेष्ठ – मौन

क्रिटिक्स अवार्ड छाँयाकार:        संजय लामा – मौन

प्रोत्साहन अवार्ड:                      निलिमा शर्मा – बितेका पल (ड्रेस डिजाइन)

पब्लिक च्वाइस:                        कोशिष क्षेत्री – मोक्ष