रेखा एक्लै हेलिकप्टर चार्टर्ड गरेर भक्तपुरमा !

मंगलवार एक्कासी एउटा हेलिकप्टर भक्तपुरको तेलकोट डाँडाँमा देखियो । अभिनेत्री रेखा थापा मात्रै सवार रहेको उक्त हेलिकप्टर एक्कासी त्यहाँ अवतरण गर्दा स्थानिय समुदायका धेरै मानिसहरु चकित थिए । किनकी उक्त हेलिकप्टर त्रिभुवन विमानस्थलबाट उडेको थियो र जानकारीमा आए अनुसार हालसम्म कुनै अकस्मात अवस्थामा बाहेक यती छोटो दुरीमा हेलिकप्टर चार्टर्ड भएको थिएन् ।

rekha on tathastuतर त्यहाँ रेखाको व्यक्तिगत प्रायोजनको लागि भने उक्त छोटो दूरीमा हेलिकप्टर उडाइएको होइन । सविर श्रेष्ठ निर्मित एवं निर्देशित फिल्म ‘तथास्तु’ को लागि उक्त छोटो दूरीमा हेलिकप्टर उडाइएको थियो । रेखाको उक्त उडानबारे निर्देशक एवं निर्माता श्रेष्ठले केही पनि खुलाउन नमिल्ने बताए । गोपनियता खुल्ने डरले नै छायाँकनमा प्रेसलाई निम्त्याइएको थिएन । मंगलबार तेलकोटमा हेलिकप्टर, अभिनेत्री रेखा थापा अनि अभिनेता किशोर खतिवडाको दृश्य खिचियो । फिल्म पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेपनि हेलिकप्टरको दृश्य भने यसैसाता खिचिएको हो । यतिबेला ‘तथास्तु’ को चक्रपथस्थित रेड स्टुडियो किन्डलमा पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

helicoptor of tathastu

फिल्म ‘तथास्तु’ मा कमल राई, रामजी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन छ । रेखा थापा स्टारर ‘तथास्तु’ पुस २५ सम्म प्रतिक्षित बनेको छ । साँगीतिक बजारमा ‘तथास्तु’ को ‘कहिले माया स्याड फेस’ बोलको गीत हिट लिस्टमा छ । गीतको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् ।

नारी एक्सन प्रधान भनिएको फिल्म सविरको ‘तथास्तु’ मा रेखा र किशोरसँगै सुवास थापा र विज्ञान जोशीको मुख्य भूमिका छ । बाबु श्रेष्ठले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व छ ।