दोहोरीमा जोडी जम्दै प्रकाश र श्रीदेवी

केहि समय यता नेपाली लोकदोहोरि क्षेत्रमा गायन जोडीको रुपमा देखिन थालेका छन् गायिका श्रीदेवि देवकोटा  र गायक प्रकाश कटुवाल । नेपाली लोक दोहोरी ईतिहासमै गायन जोडी भनेर उदाहरण दिन मिल्ने खासै त्यस्तो जोडी जम्न सकेको देखिदैन । तर पछिल्लो समयमा यो जोडीको गायन यात्रालाई दर्शकले मन पराईदिएपछि जोडी जम्न थालेको छ । केही समय अगाडी देखिनै गायन यात्राको सहयात्री बनेका प्रकाश र श्रीदेवि लाई तिजको कोशेली ‘चिलायो कन्याईदेउ’ बोलको गित फाप्यो र त्यस पछि यतिबेला चोर विरालो पल्क्यो बोलको गित सम्म डोर्यायो ।

final prakash

सुमधुर स्वरका धनि गायक प्रकाश कटुवाल र गायिका श्रीदेवि देवकोटालाई चोर विरालो पनि फाप्ने सुसंकेत देखा परिसकेको छ । यतिेला चोर विरालोले गित संगित प्रेमि जो सुकै नेपालीको पनि मन तानेको छ । चोर विरालोले जुन सुकै वर्गका गित गित मन पराउने दर्शकका लागि पनि मन तान्न सक्ने भिडियो बनेको छ । हास्य टेलि चलचित्र ‘मेरी बास्सै’का कलाकारहरु माग्ने बुढा,मैया र दारि बुढाको अभिनय रहेको चोर विरालोले दर्शकको मन अत्याधिक जितेको छ । यो गितमा समाबेश शब्द, संगित र भिडियो निर्देशनलाई एक पटक भिडियो हेर्नेले खुलेरै प्रशंसा गरेका छन् ।

नेपाली संस्कृतिलाई कतिपनि विचलित नवनाई निर्माण गरिएको यो गितको भिडियो डाईरेक्सन शंकर वि सिले गरेका हुन । पक्कै पनि चोरविरालोले अझ प्रकाश र श्रीदेविको गायन जोडिलाई अझ मजवुद बनाउने छ र दर्शकले यस्तै मिठा मिठा गित संगितमा रमाउन पाउनेछन् ।

भिडियो