माया प्रेममा परेका माग्ने र मैयाँको यस्तो मस्ती (भिडियो)

chor-1हाँस्य कलाकार केदार घिमिरे रियल नामले जतिले चिन्छन, त्यो बढी ‘माग्ने बुढा’ बुढा भनेर चिन्छन  । नेपाली सानो पर्दामा चर्चित रहेको यो नामसँगै अ‍र्को नाम पनि जोडिएर आउँछ, ‘मैयाँ’ । यो बीचमा माग्ने बुढा र मैयाँको सानोपर्दाको हिट जोडीले माया प्रेमको गन्थन अनि विवाह कुन नपाएको दुखेसो पोखेको भिडियो सार्वजनिक भएको छ । छोटो समयमा नै हजारौँ दर्शकले हेरिसकेको एक म्युजिक भिडियोमा निर्देशक संकर बिसीले यो जोडीलाई रमाईलो पाराले प्रस्तुत गरेक छन् ।

एकसमय हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’को यो जोडीले सँगै कम्मर मर्काउने तथा लुकामारी गर्ने अवसर श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको ‘चोर बिरालो’ बोलको गीतले जुरेको हो । देवकोटा र कटुवालको मनछुने स्वरबद्ध यो भिडियोमा यो जोडीसँगै अर्का चर्चित हाँस्य कलाकर सुरविर पण्डितलाई पनि देख्न सकिन्छ ।

गीतमा बिनोद ढकालको शब्दमा सागर ढकालले म्युजिक भरेका छन् । यो गीत ‘अन्नपुर्ण भिजन’को व्यानरमा दर्शक तथा श्रोतामाझ आएको हो ।

भिडियोः