रहेनन् हाँस्यकलाकार देवेन

deven barmaबलिउडमा स्थापित हाँस्य अभिनेता देवेन बर्माको निधन भएको छ ।  लामो समयदेखी हृदयघात तथा मृगौलाको रोगबाट पीडीत देवेनले मंगलवार बिहान यो संसारबाट बिदा लिएका हुन् ।
वलिउड तथा केहि मराठी तथा भोजपुरी सिनेमामा समेत अभिनय गरेका देवेन वलिउडमा स्थापित हाँस्यकलाकारको रुपमा गनिन्थे । ७८ बर्षको उमेरमा यो संसारबाट बिदा लिएका उनले सन १९६१ मा यश चोपडा निर्देशित फिल्म ‘धर्मपुत्र’ वाट वलिउडमा पाईला राखेका थिए ।
केहि सिनेमाको निर्देशन समेत गरेका उनले ‘चोरी मेरा काम’, ‘चोर के घर चोर’ तथा ‘अंगुर’ सिनेमाका लागि सर्वोत्कृष्ट हाँस्य कलाकारको फिल्मफेयर अवार्ड जितेका थिए । देवेनका ‘चोरी मेरा काम’, ‘चोर के घर चोर’, ‘अन्दाज अपना अपना’, ‘खट्टा मिट्ठा’, ‘अंगुर’ लगायतका सिनेमाको रोल चर्चित छन् ।