८ बर्षे निर्देशकको सिनेमा सबैले हेर्न पाउने !

love you baba sencer certificate८ बर्षे निर्देशक सौगात बिष्टको निर्देशन रहेको सिनेमा ‘लभ यु बाबा’ले सबै दर्शकले हेर्न पाउने गरी सेन्सरबाट ‘यु’ सर्टिफिकेट पाएको छ । मंगलवार चलचित्र विकास वोर्डमा सेन्से बोर्डका सदस्य तथा केहि सिनेकर्मीहरुले सिनेमा हेरेका थिए । त्यसपश्चात सेन्सरबाट सिनेमामा समावेश कुनै पनि दृश्य नहटाईकिन सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको अभिनेता तथा सौगात पिता गजित बिष्टले बताए ।

मंसिर २६ बाट दर्शकमाझ आउने २ घण्टा ३१ मिनेट लामो यो सिनेमा अहिले सिने बजारमा चर्चामा छ । गिनिज वर्ल्ड रेकर्डको तयारीमा रहेका विश्वकै कान्छा निर्देशक दाबी गरिएका सौगातको एक्शन कट समावेश यो सिनेमा हेरिसकेपछी धेरैको आँखामा आँशु देखिएको गजितले बताए । सिनेमा हेर्ने सबैले सौगातको काम अप्रत्यासित रहेको तथा कुनै अनुभवी निर्देशकको भन्दा कम नभएको तर्क राख्दै बधाई दिनुभयो गजितले भने । love you baba sencerयो सिनेमाले बाबु र छोरी बीचको प्रेमको कथा बोल्छ । जहाँ गजित र सौगातकी बहिनी संगम बिष्ट लिड रोलमा छन यी दुईसँगै सिनेमामा निश्मा घिमिरे, अशिष्मा नकर्मी लगायतको पनि अभिनय छ । सिनेमाको कथा सौगातका काका गम्भित बिष्टको छ । गम्भिर सिनेमामा कोरियोग्राफी गर्छन् ।love you baba