बैशाखी टेकेर अवार्ड थाप्न पुगे आर्यन

aryan daiसुटिङको दौरान समस्या देखिएपछी केहि दिन पहिले मात्रै खुट्टाको सल्यक्रिया गरेका अभिनेता आर्यन सिग्देल सोमवार सार्वजनिक कार्यक्रममा बैशाखीको सहाराले हिँड्दै देखिए । कामना प्रकाशनले पहिलो पटक आयोजना गरेको कामना फिल्मस् अवार्ड कार्यक्रममाआर्यनले बैशाखी टेकेर नै भएपनि सहभागिता जनाए ।

चिकितसकको सल्लाह अनुसार सामान्य रुपमा हिँडडुल गर्न मिल्ने भएकोले बैशाखीकै भरमा अवार्ड सेरेमोनीमा उपस्थित भएको आर्यनले बताए । त्यसो त वैसालीको सहायतामा जनाएको उपस्थिती आर्यनलाई फाप्यो पनि, उनले बर्षकै उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए । अवार्ड थाप्न तथा त्यसपछीको फोटोशेसनमा पनि आर्यन बैशाखी टेकेर नै स्टेजमा पुगेका थिए ।

कामना अवार्ड अन्तर्गत आर्यनले अवार्ड जितेको सिनेमा ‘महसुस’ नै बर्षको सर्वोत्कृष्ट सिनेमा बन्दा निर्देशक र अभिनेत्रीमा पनि यो सिनेमालेबाजी मार्यो । आर्यनलाई पुर्णतः निको हुन कम्तिमा पनि तीन महिना लाग्ने बताईएको छ ।aryan with team on award prgm

aryan dai 1