कामना अवार्डः सिनेमा सहित 'महसुस'बाट आर्यन र केकी उत्कृष्ट नायक नायिका (सुचीसहित)

पहिलो पटक आयोजना गरिएको ‘सिजी कामना फिल्मस् अवार्ड’मा सिनेमा ‘महसुस’ले उत्कृष्ट सिनेमाको अवार्ड जितेको छ । धेरै विधामा अवार्ड हात पारेको यो सिनेमाको तर्फबाट निर्देशक नवल नेपालले पनि उत्कृष्ट निर्देशकको अवार्ड थापे ।

kamana award winner team

भव्य र सभ्य रुपमा सम्पन्न कामना पुरानो सिने म्यागजिन कामना मासिकको प्रकाशनको तिसौं बर्ष पार गरेको अवसरमा आयोजना गरिएको अवार्डमा बर्षकै उत्कृष्ट अभिनेताको अवार्ड आर्यन सिग्देलले उचाल्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि ‘महसुस’बाट नै केकी अधिकारीले जितेकी छिन् । कल्याण घिमिरेको निर्माणमा तयार यो सिनेमाले ..को अवार्ड पनि हात पारेको छ ।

nawal nepal with award

त्यस्तै पहिलो कामना अवार्डमा बर्षकै उत्कृष्ट सिनेमा स्कृप्टमा ‘मोक्ष’ले अवार्ड जित्न सफल रह्यो । त्यस्तै कोशिस क्षेत्रीले ‘मोक्ष’बाट नै डेब्यु अभिनेताको अवार्ड पाउँदा उत्कृष्ट डेब्यु निर्देशक पनि यो सिनेमाबाट नै प्रविण श्रेष्ठले उचाले ।

pravin dai did award

त्यस्तै पटकथामा पनि ‘नवल नेपालले नै ‘महसुस’बाट उत्कृष्ट बने भने नव अभिनेताको गौरव पहारीले होस्टेलबाट जितेका छन भने नव अभिनेत्री पनि सोही सिनेमाबाट प्रकृती श्रेष्ठ बनिन् । बेनिशा हमालले पनि सह अभिनेत्रीको अवार्ड महसुसबाटै जितिन् ।aryan with team on award prgm

बाल कलाकारको अवार्ड अनुभव रेग्मीले जित्दा गैरे सुरेशले संगीतकारको अवार्ड जितेका छन् । त्यस्तै उत्कृष्ट गायनमा प्रेम परियार नायक बने । त्यस्तै जुरी अवार्ड  भने ‘अन्तराल’बाट निर्देशक दिपा बस्नेतले जितेकी छिन् । त्यस्तै उत्कृष्ट छायाँकारको अवार्ड हरि हुमागाईंले जितेका छन भणे उत्कृष्ट सम्पादकको अवार्ड सुरेन्द्र पौडेलले जिते ।aaryan sigdel wid award

अवार्ड बिजेताहरुको सुची यसप्रकार छः

उत्कृष्ट मेकअप: नीमा लामा, मौन

उत्कृष्ट साउण्ड डिजाइन: उत्तम न्यौपाने, मौन

उत्कृष्ट छायाँकार: हरी लामा, होस्टेल
उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल, होस्टेल
उत्कृष्ट द्धन्द्ध निर्देशक: सूर्य थोकर, लभ फरेभर
उत्कृष्ट ब्याग्राउण्ड स्कोरर: रोशित शाक्य, मौन
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज,काली
उत्कृष्ट कथा: प्रविन श्रेष्ठ, मोक्ष
उत्कृष्ट पटकथा: नवल नेपाल, महसुस
उत्कृष्ट संवाद: राजन कठायत र प्रज्ञान थापा, मोक्ष
उत्कृष्ट नव अभिनेत्री: प्रकृति श्रेष्ठ, होस्टेल
उत्कृष्ट नव अभिनेता: कोसिश श्रेत्री, मोक्ष
उत्कृष्ट पाश्र्व गायक: प्रेम परिययार, नाईं नभन्नू ल २
उत्कृष्ट पाश्र्व गायिका: रजिना रिमाल, नाईं नभन्नू ल २
उत्कृष्ट हास्य कलाकार: विल्सन विक्रम राई, प्रोड्युसर
उत्कृष्ट खलपात्र: मनोज आरसी, मधुमास

उत्कृष्ट बाल कलाका्र: अनुभव रेग्मी, नाईं नभन्नू ल २
उत्कृष्ट नव निर्देशक: प्रविन श्रेष्ठ ,मोक्ष
उत्कृष्ट गीत रचनाकार: डा.कृष्णहरी बराल, नाईं नभन्नू ल २
उत्कृष्ट संगीतकार: गैरे सुरेश, नाईं नभन्नू ल २
उत्कृष्ट सह अभिनेत्री: बेनिशा हमाल, महसुश
उत्कृष्ट सह अभिनेता: गौरव पहारी, होस्टेल
उत्कृष्ट अभिनेत्री: केकी अधिकारी, महसुस

उत्कृष्ट अभिनेता: आर्यन अधिकारी, महसुस
उत्कृष्ट निर्देशक: नवल नेपाल, महसुस

उत्कृष्ट फिल्म: महसुस