विदेशमा ठगिईन अभिनेत्री केकी (भिडियो)

keki adhikariसिनेमा ‘माई प्रमिस’को नयाँ ट्रेलर रिलिज गरिएको छ । बारम्बार रिलिज मिति सरेर पौष १८ लाई प्रदर्शनको मिति तय गरेको यो सिनेमाको सार्वजनिक ट्रेलरले दर्शक तान्ने अपेक्षा निर्माण टिमले गरेको छ । सिनेमालाई सुरजसुब्बा नाल्बोले निर्देशन गरेका हुन् ।

केकी अधिकारी, विल्शन विक्रम राई, रमेश चन्द्र राई, नर कुमार लिम्बु, अनुराग मान सिङह कुंवर, दया राई, सोभा सुब्बा लगायतको अभिनय रहेको यो सिनेमाको प्रोमो साहिल खानले काटेका हुन् । सिनेमामा संगीत महेश खड्काको छ ।

रोशन श्रेष्ठको द्वन्द्व रहेको यो सिनेमाले सिंगापुरे लाहुरे हरुको कथा पस्किने छ । सिनेमाको सम्पुर्ण छायाँकन सिंगापुरमा नै गरिएको हो । सिनेमामा नृत्य गोविन्द राईको रहेको छ भने टंक लिम्बुको लगानी छ । त्यसो त यो सिनेमामा अभिनयमा रहेका रमेशले पनि लगानी गरेका छन् ।

ट्रेलर हेर्नुहोसः