'गैँडा'ले निर्देशन गर्ने नयाँ सिनेमा घोषणा !

nirmal sharma gaidaकेहि दिन पहिले मात्रै अब सिनेमामा अभिनय गर्दिन भनेर बोलेका ‘वडा नम्बर ६’ निर्माता निर्मल शर्मा गैंडाले आफ्नो नयाँ सिनेमाको निर्देशन घोषणा गरेका छन् । ‘ब्रासलेट’ नाम दिईएको उक्त सिनेमा सामाजिक कथामा आधारित रहने जानकारीमा आएको छ ।

‘वडा नम्बर ६’ को सुटिङ सकिएसँगै सुटिङ सुरु गरिने भनिएएको यो सिनेमा चैतदेखि खिचिने बताईएको छ । जसको लागी स्कृप्ट तयार भईसकेको उनले बताए । यो सिनेमाको स्कृप्ट  जया ओझाले लेखेकी हुन् ।यो सिनेमामा मरिसकेको आत्माले अभिनय गर्ने शर्मा बताउँछन् । ‘मरिसकेको आत्मामाथि फिल्म बनाउन लागेको हुँ’ उनले भने, ‘व्याप्त सामाजिक दृष्टिकोण र भ्रमलाई चित्रण गर्न लागेको हुँ ।’ उनका अनुसार सिनेमाले भ्रमको कथा बोल्नेछ ।

पोखरा आसपासमा यो सिनेमाको सुटिङ हुने बताईएको छ । शर्मा निर्देशित पहिलो सिनेमा चकलेट अहिले पोस्ट-प्रोडक्सनमा  छ ।