हेटौंडा पुगेर 'नाईके'ले के गर्यो ?

naaekyaमानवी बानिया । प्रदर्शनको मिति नजिकिँदै गर्दा सिनेमा ‘नाईके’ टिम अहिले देश दौडाहामा  छ । प्रचार प्रसार तथा हलको अवस्था बुझ्नको लागी सिनेमाको निर्देशक तथा निर्माता सहित मोफसलका विभिन्न जिल्लाला पुगेको सिनेमा युनिटले आईतवार हेटौंडामा पुगेर पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । सिनेमा आउँदो शुक्रवारबाट प्रदर्शनको तयारीमा छ ।

हेटौंडामा आयोजित प्रेस भेटभाट कार्यक्रममा बोल्दै निर्माता मध्येका एक नारायण खनालले ‘चलचित्रले मनोरञ्जन र सन्देश दुवै बोकेको बताए ।’ त्यस्तै निर्देशक नेत्र गुरुङले दर्शकलाई हलमा रहुन्जेल पट्यार नलाग्ने सिनेमा बनाएको बताए । दर्शकको मन जित्ने सिनेमा बनाएको उनको तर्क छ ।

सिनेमाका लिड अभिनेता आर्यन सिग्देल भने खुट्टाको सल्यक्रियापछी अहिले घरमै आराम गर्नु परेकोले प्रचार प्रसारमा निस्कन सकेका छैनन् । त्यसैले पनि अभिनेता बिनाको प्रचार प्रसारको घाटा निर्माण टिमलाई हुनसक्छ । यो सिनेमामा आर्यनसँगै सुर्बिना कार्की लिड रोलमा छन् । सिनेमा युनिट पुर्बी नेपालका अन्य केहि जिल्लामा पुगेर राजधानी फर्किनेछ ।