‘रङ बैजनी’ ईमोशनल छः निर्देशक प्रधान

sambhu cover१२ बर्षपछी खोलो पनि फर्किन्छ भन्ने नेपाली उखान जस्तै समयक्रम अनुसार १२ बर्षपछी निर्देशनमा फर्केका सम्भु प्रधानले निर्देशन गरेको सिनेमा सिनेमा ‘रङ बैजनी’ यही शुक्रवारबाट दर्शकमाझ आउँदै छ ।

महिला प्रधान भनिएको यो सिनेमा नेपाली दर्शकको चाहाना अनुसारको बनेको भन्दै हलमा आएपछी दर्शकको साथ र समर्थन मिल्नेमा निर्देशक प्रधान आशावादी रहेको बताउँछन् ।

आईतवार आफ्नै स्टुडियोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सम्भुले ‘रङ बैजनी’ ईमोशनल सिनेमा रहेको खुलाए । ‘सिनेमामा माया-प्रेम, हाँसो, खुसी, रोदन सबै समेटिएको छ, उनले भने, ‘पारिवारिक कथा बोलेको सिनेमा हेर्ने जो कोही दर्शकलाई पनि ईमोशनल बनाउनेछ ।’

sambhu and nutan pradhan

३७ लाखको लगानीमा सिनेमा तयार भएको भन्दै आमा र छोराको माया हिजो, आज र भोली पनि एकै हुने जस्तै सिनेमाको कथावस्तु कहिल्यै पुरानो नहुने बताउँदै उनले पुरानो निर्देशक भनेर नझुक्किन आग्रह गरे । ‘पुरानो निर्देशक भने पुरानो ढर्राको सिनेमा बनाएको होला भन्नेमा नझुक्किनु निर्देशक प्रधानले भने , ’रङ बैजनीले पुरानो सिनेमाको स्वाद पस्किँदै नयाँ अहिलेका दर्शकको मन पनि जित्नेमा विश्वस्त छु ।’

निर्देशक प्रधानकी पत्नि नुतन प्रधानको कथामा तयार भएको हो । प्रधान दम्पति केहि समयदेखी अमेरिकामा बस्दै आएका छन् । अमेरिकामा बस्दै गर्दा पनि नेपाली सिनेमाप्रतिको माया र ममता नघट्नै भन्दै उनीहरुले आगामी दिनमा पनि सिनेमा निर्माणमा अग्रसरता कायमै रांने प्रतिबद्धता व्यक्त गरेका छन् ।