नम्रताको सन्तान चाहाना अधुरै भएपछी….

namrata-on-theaterवैवाहिक सम्बन्धमा बाँधिएसँगै काखमा लावाबाला खेलाउने ईच्छा कसको हुँदैन र, सोहिअनुसार सन्तानको चाहना हुँदाहुँदै पनि मनको ईच्छा पुरा नहुँदा अभिनेत्री नम्रता श्रेष्ठ अहिले चिन्तामा छिन् । नम्रताले यो पीडा शनिवार सञ्चारकर्मी तथा दर्शकमाझ पोखिन, तर नझूक्किनुस यो यथार्थ भने होईन, केवल नम्रताले अभिनय गरेको एक नाटकमा उनको भुमिकामा मात्र हो ।

शनिवार प्रिमियर गरिएको स्पेनिस नाटक ‘यार्मा’मा नम्रता सन्तानको चाहाना हुँदा पनि बाँझोपनको कारण निःसन्तान बस्नुपर्ने महिलाको भुमिकामा नम्रता प्रस्तुत भएकी छिन् । शनिवारबाट सुरु भएको यो नाटक लाजिम्पाट स्थित थियटर भिलेजमा पौष ६ गतेसम्म (सोमवार बाहेक) चल्नेछ ।

करिब १ घन्टा ३० मिनेट लामो नाटक पुर्णतः नम्रताकै वरिपरी घुमेको पाईन्छ भने नाटकमा उनीसँगै कमलमणी नेपाल, राजकुमार पुडासैनी, सुम्निमा सम्पाङ, शर्मिला शाह, सिर्जना अधिकारी, विनु लामा लगायतका कलाकारको पनि अभिनय छ ।