दर्शकसँग खुसी साट्दै मोफसलमा 'जेरी टिम, अनमोलसँग अटोग्राफ लिनेको भिड

तेस्रो हप्तामा प्रदर्शनको क्रममा रहँदा पनि दर्शकको माया र साथ उतिकै पाईरहेको सिनेमा ‘जेरी’ को टिम अहिले देश दौडाहामा छ । मोफसलका विभिन्न ठाउँमा पुगेर दर्शकको प्रतिक्रिया लिईरहेको कलाकार सहितको निर्माण टिम शनिवार चितवन पुगेको छ । चितवनमा सिनेमा युनिटले दर्शकको राम्रो माया पायो ।jerryy2शुक्रवार पोखरेली दर्शकको हुटिङ र माया बोकेर चितवन पुगेका निर्देशक हेमराज बिसी कलाकारहरु अनमोल केसी, अन्ना शर्मा तथा अमलिया शर्मा सहितको टोली चितवनका सिनेमा हलमा पुग्दा दर्शकले घेरे र सबैको कामको तारिफ गरे । त्यस्तै धैरै महिला फ्यानहरुका ढुकढुकी बनेका युवा अभिनेता अनमोललाई अटोग्राफ दिन समेत भ्याई नभ्याई भएको पाईयो । भने उनीहरुसँग तश्विर खिचाउनेको भिड झन बाक्लो थियो ।jerryy11दर्शकको माझमा पुगेका अभिनेता अनमोलले दर्शकको साथ तथा मायाले उत्साहित बनाएको तथा यो प्रकारको प्रस्तुती दिनमा आफु संधै प्रयत्नसिल हुने भन्दै यो साथलाई जारी राख्न दर्शकलाई आग्रह गरे । सिनेमा ‘जेरी’ युनिट चितवनबाट हेटौंडा हुँदै पुर्वी नेपालका विभिन्न जिल्लामा पुग्ने कार्यक्रम सहित मोफसलमा छ । सिनेमाले प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गर्दा २ करोड बढीको ग्रस विजनेश गरिसकेको छ ।