आश्माको प्रस्ताव के गर्लान संयमले (भिडियो )

Ashma-DCआगामी पुष २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आभाष’को पहिलो टिजर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक टिजरमा माया तथा मायाको प्रतिक्षाका शब्दसहितका दृश्यहरु समेटिएका छन् । यो सिनेमा लामो समयदेखी सम्पादनको काम गर्दै आएका सुरेन्द्र पौडेलको डेब्यु निर्देशनमा तयार भएको हो ।

सार्वजनिक टिजरमा  अभिनेता संयम पुरी, सलोन बस्नेत, अभिनेत्री निशा अधिकारी र आस्मा डिसी तथा प्रकृति श्रेष्ठलाई देख्न सकिन्छ । उल्लेखित ककालारहरु नै सिनेमाका लिड कलाकार हुन् । सँगसँगै निर्माता सुनिल रावल पनि यो सिनेमामा अभिनयमा छन् । युवा पुस्ताको प्रेम र रोमान्सको कथा बोल्ने यो सिनेमा बिशेषतः युथ तार्गेटेड मानिएको छ ।

ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त व्यानरमा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको संयुक्त लगानी रहेको सिनेमामा द्वन्द्व चन्द्र पन्तको छ । पुरुषोत्तम प्रधानले खिचेको यो सिनेमा ‘आभाष’मा छेतेन गुरुङ, प्रकाश नेपाली र सुजेन्द्र डी. कार्कीको गीत संगीत समावेश छ ।

टिजर हेर्नुहोसः