निर्देशक शिव रेग्मी निधनको एक बर्ष पुरा

Shiva regmiनेपाली सिनेमाका चर्चित तथा सफल निर्देशक स्व. शिव रेग्मीको निधन भएको शुक्रवार एक बर्ष पुरा भएको छ । उपचारको क्रममा यो संसारबाट विदा भएका निर्देशक रेग्मीको उपचारकको क्रममा अस्पतालमा नै निधन भएको थियो । रेग्मी बिशेषतः पारिवारिक सिनेमा बनाउनमा माहिर मानिन्थे ।

मंसिर २४ गते निधन भएपनि तिथिका हिसावले शुक्रवार नै निर्देशक रेग्मीको निधनको बार्षिकी मनाईएको हो । दुवै मृगौलाले काम गर्न छाडेपछी ५९ बर्षको उमेरमा रेग्मीले यो संसारबाट बिदा लिएका थिए । रेग्मीको निर्देशन रहेको पछिल्लो चलचित्र ‘मनले मनलाई छुन्छ’ गत बर्षको चैत्रमा प्रदर्शनमा आएको थियो ।

रेग्मीको निधनको वार्षिकीमा चितवनमा शुक्रवार श्रद्धाञ्जली सभा चल्दैछ । उक्त कार्यक्रमको लागी काठमाडौंबाट समेत केहि चलचित्रकर्मी चितवन पुगेका छन् । रेग्मीको परिवारमा दुई छोरी, एक छोरा र श्रीमती छन् ।