दिपशिखाको यस्तो ईच्छा ! (भिडियो)

deepsikha shahiनिर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’को ट्रेलर सार्वजनिक भएको छ । फरक पुस्ताको फरक सोचाईलाई मुख्य बिषय बनाईएको यो चलचित्र माघ २ गते देशव्यापी रिलिज हुँदैछ ।

‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ। गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ।

दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरिएको यो चलचित्र ‘कमेडी लभ स्टोरी’ हो । चलचित्रमा दयाहाङ् राई, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, सुवास थापा, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियोः