ख्याल-ख्यालको गल्तीको असर कस्तो होला ?

mistake movieफ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी सिनेमा ‘मिस्टेक’ प्रदर्शनमा आएको छ । सिङ्गल रिलिजको अवसर पाएको यो सिनेमाले हल भने धेरै पाउन सकेन् । सिनेमा देशभरका २० बढी हलहरु मार्फत दर्शकमाझ आएको निर्माण युनिटले बताएको छ ।

ख्याल-ख्यालको गल्तीले पछी गएर पार्न सक्ने प्रभाव तथा असरलाई मुख्य बिषयबनाईएको यो सिनेमामा ऋषिराज आचार्यको निर्देशन छ । उनको यो डेब्यु निर्देशन पनि हो । सिनेमामा हर्षिका श्रेष्ठ, निर्मल सेन्चुरी र सुशान्त कार्की लिड कलाकार छन् । सिनेमालाई पाल्पाली निर्माता विष्णु ठडराई (सुवास) ले निर्माण गरेका हुन् ।

यो सिनेमामा संगीत अर्जुन पोखरेलको रहेको छ । निर्देशक ऋषीको कथामा तयार सिनेमालाई दुई हप्ता पहिले प्रदर्शनमा आएको सिनेमा ‘जेरी’ नै मुख्य चुनौती हुनेछ ।