मोहन र सुनिताको रोमान्समा घिमिरेको 'एक्शन कट' !

सञ्चारकर्मी दयाराम घिमिरे कलम चलाउँदा चलाउँदै समय समयमा म्युजिक भिडियो निर्देशन पनि गर्छन् । केहि महिना पहिले निर्देशन गरेको पहिलो भिडियोबाट नै राम्रो प्रतिक्रिया बटुलेका घिमिरे अहिले म्युजिक भिडियोको निर्देशनको क्रममा दुवैका समुन्द्री किनारामा व्यस्त छन् । उनले उपलब्ध गराएका तश्विरहरुले यस्तै बताउँछन् ।

dayaram dai vdeoघिमिरेले मोडल द्व्य मोहन बोगटी र सुनिता शर्मालाई आफ्नो ‘एक्शन कट’मा अनस्क्रिन रोमान्स गराएका छन् । समुन्द्री किनारासँगै दुवैका विभिन्न रमणिय स्थलहरुमा खिचिएको भिडियोमा विदेशमा रहेका प्रेम जोडीको कथा प्रस्तुत हुने निर्देशक घिमिरेले बताए ।

भिडियोलाई रवि बिक्रम थापाले खिचेका छन् । हार्दिक मिडियाको प्रस्तुती एव संगितकार तेनहाङ राइको गिती एल्वम ‘सानु’मा समावेश रहने गरी सुटिङ भएको यो गीतमास्वर गायक राजेश पायल राइको रहेको छ भने शव्द राजेश विद्रोहीको छ । छिट्टै नै भिडियो रिलिज गर्ने गरी काम भईरहेको निर्देशक घिमिरेले बताएका छन् ।

dayaram vdeo news