'नाईके'मा आर्यनको धमाकेदार एक्शन ! (भिडियो)

aryan sigdelमंसिर १९ बाट प्रदर्शनको मिति तय गरेको सिनेमा ‘नाऐके’को नयाँ ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता आर्यनको धमाकेदार एक्शन देख्न सकिन्छ । भने आर्यनको अभिनेत्री सुर्बिना कार्कीसँगको केहि प्रेम भाव पनि झल्केको छ । ट्रेलरमा कता-कता वलिउड स्टार सलमान खानको फ्लेवर पनि आर्यनमा देखिएको भान हुन्छ ।

नेत्र गुरुङ निर्देशित यो सिनेमाका आर्यन र सुर्बिना लिड कलाकार हुन्, भने उनीसँगै रेम बिक, बोधराज रेग्मी, सारिका केसी पनि अभिनयमा छन् । जगदिश खनाल, संगिता पराजुली, नारायण खनाल र आन्नद क्षेत्रिको लगानी रहेको यो सिनेमामा संगीत ताराप्रकाश लिम्बुको छ । सिनेमालाई अर्जुन तिवारीले खिचेका हुन् ।

भिडियोः