पाकिस्तानी अभिनेत्री विना मलिकलाई २६ बर्षे जेल सजाय !

veena-malik-photos-11पाकिस्तानी चर्चित नायिका विना मलिकलाई त्यहाँको एक अदालतले २६ बर्ष लामो जेल सजायको फैसला सुनाएको छ । एजेन्सी तथा बिबिसी समाचार श्रोतका अनुसार स्थानिय जियो टिभीमा प्रसारित एक धार्मिक सामग्रीको विषयलाई लिएर उनलाई जेल यात्राको फैसला सुनाईएको हो ।

गिलगित-बाल्टिस्तान नामको प्रान्तको एक अदालतले यो सजाय सुनाएको हो । यद्धपी पाकिस्तानबाट पुर्णतः अधिकार यो प्रान्तले पाईनसकेको हुनाले सजाय लागु हुने सम्भावना पनि कम छ ।

जीयो टीभीमा प्रसारित एक कार्यक्रममा धार्मिक गीतमा विना मलिकले आफ्नो पतिसँग नृत्य गरेकी थिईन्, जहाँ अदालतका अनुसार उनीहरुको यो कार्य मुसलमानहरुको धार्मिक भावनामा आहत पुग्ने देखीएको छ । उक्त कदमलाई गम्भिर रुपमा लिईएको भन्दै अदालतले यसलाई रोक्न कडा सजाय जरुरी रहेको बताएको छ ।

अदालतले नायिका विनासँगै जिओ टिभीका मालिक मीर शकीलुर रहमानलाई पनि उत्किकै जेल सजाय सुनाएको छ । भने उनलाई १३ लाख पाकिस्तानी रुपैयां समेत जरिवाना तोकेको छ ।