सिनेमाको प्रचारको लागी 'रंग बैजनी' निर्मात्री नेपालमा

Nutan_Pradhanआफ्नो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा ‘रंग बैजनी’ निर्मात्री नुतन प्रधान नेपाल आएकी छिन् । केहि समयदेखी अमेरिकामा बस्दै आएकी उनी आउँदो मंसिर १९ बाट प्रदर्शनको तयारीमा रहेको यो सिनेमाको पब्लिसिटीमा सरिक हुन तथा दर्शकको अवस्था बुझ्नको लागी सोमवार उनी नेपाल आएकी हुन् ।

आफ्नो लगानी रहेको जुनकुनै प्रोजेक्ट सन्तान बराबर हो, त्यसैले आफ्नो सन्तान जसले पनि राम्रो होओस् भन्नै चाहन्छ, म मा पनि यो कुरा लागु हुन्छ, त्यसैले आफ्नो सिनेमाको मायाले नेपालसम्म तान्यो नुतनले सुनाईन् । त्यसो त नुतन यो सिनेमाका निर्देशक सम्भु प्रधानकी अर्धाङ्गिनी हुन् । नुतनले अब सिनेमा प्रदर्शनमा नआउँदासम्मको बीचको समयमा प्रचार प्रसारमा लाग्ने बताईन ।

करिब १५ बर्ष पहिलेको चलचित्र ‘सक्कली नक्कली’ मा नायिकाको रुपमा देखिएकी थिईन् । महिला प्रधान भनिएको सिनेमा ‘रंग बैजनी’मा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्की लिड रोलमा छन् । यो सिनेमालाई नुतन तथा सम्भु पुत्र शशांक प्रधाले खिचेका छन् । पघिल्लो समय चम्किलो क्रेज रहेकी अभिनेत्री गरिमा लगायतले अभिनय गरेको तथा १२ बर्ष पछी निर्देशनमा पुनरागमन गरेका निर्देशक सम्भुको यो सिनेमाले दर्शकको मन जित्ने आशा गरिएको छ ।