शुष्माले कसलाई भनिन् मिस्कल नगर्नु कल गर्नु भनेर ?

sushma karki and gajitआईतवार रातिको जाडोमा अभिनेत्री सुष्मा कार्की भने ललितपुरको एक ठाउँमा ‘फोन गर मायालु मिस कल नगर…’ भन्दै कम्मर मर्काउँदै थिईन् । गायिका गायत्री थापाको ‘लोक आईटम’ गीतको म्युजकि भिडियो सुटिङका क्रममा उनले यसो भन्दै कम्मर मर्काएकी हुन् ।

मिस कल गरेर दुःख दिनु भन्दा कल नै गर्नु राम्रो भन्ने यो गीतको आशय थियो । सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित यो भिडियामा सुष्मा कार्की र गजित बिष्टले अभिनय गरेका छन् । गीत सुन्दै नाचौं नचौं लाग्ने भएकाले आफुले मोडलिङ गरेको अभिनेता गजित बिष्टले बताए । म्युजिक भिडियो निकै राम्रो बनेको अभिनेत्री कार्कीले जानकारी गराईन् ।

यसै साताबाट यो भिडियो सञ्चार माध्यममा आउने निर्देशक डब्बु क्षत्रीले बताए । भिडियोको कोरियोग्राफी राशी भण्डारीले गरेकी छिन भने निरोज श्रेष्ठले खिचेको यो भिडियोको सम्पादन मित्रदेब गुरुङले गर्दैछन् ।sushma karki