पौष ११ देखी सिनेमाको पर्दामा ‘बिधवा’

२१ औं सताब्दीमा आईपुग्दा पनि पुरुषप्रधान मानिने नेपाली समाजमा श्रीमानको निधनपश्चात महिलाले भोग्नुपर्ने पीडा सहितको सम्पुर्ण अवस्थालाई पर्दामा चित्रण गरिएको सिनेमा प्रदर्शनको तयारीमा छ । आउँदो पौष ११ लाई सार्वजनिक प्रदर्शनको मिति तय गरेको यो सिनेमाले नेपाली समाजमा बिधमान बिधवा महिलाहरुको यथार्थ कथालाई बोल्ने निर्माण टिमले बताउँदै आएको छ । bidhawa1सिनेमामा नव कलाकार सोनु घिमिरेले बिधवा महिलाको भुमिका निभाएकी छिन् भने अभिनेता दिलिप रायमाझी, मनोज श्रेष्ठ यो सिनेमाका लिड कलाकर हुन् । सिनेमाको निर्देशक पनि मनोज श्रेष्ठ नै हुन् ।

गिरिप्रसाद सुनारको लगानी रहेको यो सिनेमामाले बिधवा महिलासँगै नेपालि समाजमा रहेको छोईछिटो तथा छुवाछुत प्रथाको बारेमा पनि बोल्ने निर्माता सुनार बताउँछन् । उनका अनुसार यो सिनेमाले मनोरञ्जन सँगै सन्देश पनि बोलेको छ । ‘बिधवा’मा संगीत विकाश चौधरीको रहेको छ ।