हेर्नुहोस् ८ बर्षिय निर्देशकको 'एक्शन कट्' (भिडियो)

love you babaआठ बर्षे निर्देशक सौगात बिष्टको ‘एक्शन कट’ रहेको सिनेमा ‘लभ यु बाबा’को नयाँ ट्रेलर रिलिज गरिएको छ । आईतवार सार्वजनिक मेकिङ सहितको यो ट्रेलरले सौगातले कसरी कलाकारहरुलाई अभिनय गराए अनि एक्शन कट गरे भन्ने कुरा पनि बोल्छ । यो सिनेमा मसिर २६ बाट दर्शकमाझ आउँदैछ ।

सौगात अभिनेता गजित बिष्टका छोरा हुन् । त्यसो त यो सिनेमाको कथा पनि सौगातका काका नृत्य निर्देशक गम्भिर बिष्टको हो भने सौगातकी दिदी संगम बिष्ट र बुबा गजित सिनेमा ‘लभ यु बाबा’का लिड कलाकार हुन् । गजित र संगमसँगै यो सिनेमामा अशिष्मा नकर्मी, निश्मा घिमिरे पनि लिड रोलमा छन् ।

गिनिज वर्ल्ड रेकर्ड अन्तर्गत कान्छो निर्देशकको रेकर्डको लागी पनि व्यस्त गजित र सौगातको यो सिनेमा विभिन्न कोणबाट पछिल्लो समय चर्चामा रहेको सिनेमा मध्येको एक हो । सोहि अनुसार सिनेमालाई हलमा आएपछी दर्शकको साथ मिल्नेमा पनि निर्माण टिम आशावादी छ ।

ट्रेलर हेर्नुहोसः