बन्ने भयो, ‘किस्मत २’, रेखाको सम्भावना कम हुँदा कलाकार को ?

कुनैबेला दर्शकको राम्रो साथ बटुलेको सिनेमा ‘किस्मत’को सिक्वेल निर्माण हुने भएको छ । छबिराज प्रोडक्शनको ब्यानरमा बन्ने सिनेमा ‘किस्मत २’ लाई श्याम भट्टराईले निर्देशन गर्ने पक्का पनि भएको हो ।chhabi baaनिर्माता छबिराज ओझाले आफ्नो ५० औं जन्मदिनको अवसर पारेर किस्मतको सिक्वेल निर्माण घोषणा गरेका हुन् । तर यो सिनेमामा कस-कसको अभिनय रहने भन्ने टुंगो लागेको छैन् । किस्मतमा अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल लिड अभिनयमा थिए । ‘किस्मत २’मा रेखाको अभिनय रहने सम्भावना न्युन रहँदा आर्यन दोहिरिने अनुमान धेरैको छ । यद्धपी आर्यन नदोहोरिएको खण्डमा किशोर खतिवडा या सबिन श्रेष्ठले त्यो ठाउँ लिन सक्छन् ।

आईतवार निर्माण घोषणा गरिएको यो सिनेमामा कथा सय्चारकर्मी सामिप्य तिमिल्सिनाको तथा संगीत पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पखरेलको रहने भने पक्का भएको छ । कलाकारहरु को-को रहने भने टुंगो लागिसकेको छैन, निर्देशकको जिम्मा पाएका भट्टराईले भने, ‘छिट्टै नै कलाकार छनोट पछी सार्वजनिक गर्छौं ।’

यो सिनेमाले प्रेम कथा बोल्नेछ । ‘सरप्राईज’ भनिएको निर्माता छबिको ‘बर्थ डे’मा धेरैको अनुमानलाई फेल गराउँदै ‘हिट’ सिनेमा ‘किस्मत’को सिक्वेल निर्माण घोषणा गरिएको थियो ।