छबिको जन्मदिन: रेखा अनुपस्थित हुँदा कसले खुवायो केक ?

नेपाली सिनेमाका स्थापित निर्माता छबिराज ओझाले आफ्नो ५० औं जन्मदिन भव्य समारोहका बीच मनाएका छन् । आईतवार एक भव्य तथा शभ्य कार्यक्रमका बीच छबिले जन्मदिन मनाईरहँदा छबिकी पुर्व पत्नि तथा चर्चित अभिनेत्री रेखा थापा भने उपस्थित थिईनन् । लामो समयको सम्बन्ध पश्चात सम्बन्ध बिच्छेद गरेकी रेखाको अनुपस्थितीमा छबिलाई केक खुवाउनेमा भने अर्कै अभिनेत्रीहरु परे ।chhabiraj ojha2रेखा र छबिको सम्बन्ध पुर्व पत्निमा मात्र होईन, सिनेमामा डेब्यु दिनेदेखी धेरै सिनेमामा अभिनयदेखी निर्मात्री पनि बनाएकोले अरुको भन्दा फरक मानिन्छ । तर उनै रेखा छबिको ‘बर्थ डे’मा अनुपस्थित हुँदा किन र के कारणले आईनन् को अनेकन शंकाको गाईंगुईं कार्यक्रममा चलेको पाईयो । तर रेखाले आफु उपस्थित हुन नपाए पनि जन्मदिनको शुभकामना सहितमा मायालि शब्दहरु छबिको मोवाएलमा ईन्बक्स गरेको खवर ‘एमसी’ नरेश भट्टराईले पढ्दा भने धेरैको मन केहि हलसम्म शान्त बनेको पाईयो ।

२५ बर्षे सिनेमा निर्माणको पिरियडमा पहिलो पटक भनिएको भन्य समारोहमा धेरै कुरा ‘सरप्राईज’ भनिँदा रेखाको उपस्थिती पनि सरप्राईजमा हुन्छ, अनि ‘बर्थ डे’ केक पनि उनले नै खुवाउँछिन भन्ने अड्कल धेरैको थियो । तर यो अनुमानलाई फेल गराउँदै रेखा कार्यक्रममा देखा नै नपर्दा छबिलाई केक खुवाउनेमा अन्य हिरोईनहरु परे । ‘ह्याप्पी बर्थ डे छबिबा’ भन्दै हास्य अभिनेत्री दिपाश्री निरौला, अभिनेत्री रजनी केसी र शिल्पा पोखरेलले उनलाई ५० औं जन्मदिनको केक काट्न सघाए र आफ्नो हातबाट केक खुवाए पनि । भने छबिको हातबाट पहिलो केक खान दिपाश्री निरौलाले अवसर पाईन् ।

रेखा किन कार्यक्रममा उपस्थित भईनन, उनले नै जानुन्,  तर आफुलाई सिनेमा चिनाउने मात्र नभई कुनै समय सँगै मर्ने जिउँने कसम खएको व्याक्तिको जन्मदिनको समारोहमा उनको उपस्थिती आवश्यक रहेको धेरैको तर्क थियो । (गसिप)