चलचित्र उधोगको 'हजुरबा' बन्ने छबिको चाहना, यस्तो बन्यो बर्थडे समारोह (तश्विर स्टोरी)

नेपाली चलचित्र नगरीमा सफल निर्माताको छबि बनाएका निर्माता छविराज ओझाले आफ्नो ५० औं जन्मदिनको खुसी चलचित्रकर्मी तथा सञ्चारकर्मीमाझ साटेका छन् । आईतवारबाट ५० औं बसन्त पार गरेका छबिले नेपाली सिनेमा उधोगका केहि मुर्धन्य व्याक्तित्व तथा सञ्चारकर्मीको माझ एक विशेष कार्यक्रम गर्दै आफ्नो जन्मदिन मनाएका हुन् ।chhabi raj ojha b'day 1कार्यक्रममा छबिको ५० औं जन्मदिनसँगै सिनेमा निर्माणमा लागेको २५ बर्षको अवसरमा दुई वटा केक काटिएको थियो । विशेषतः आफु र आफ्नो निजी ब्यानर छविराज कम्पनिको तर्फबाट नेपाली सिने नगरीमा स्थापित भएका सिनेकर्मीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा अभिनय शिरोमणीको उपाधी पाएका बरिष्ठ कलाकार निर शाह, निर्माता उद्धव पौडेल, निर्माता संघका अध्यक्ष राजकुमार राई लगायतका सिनेकर्मीको उपस्थिती थियो ।chhabi baaनिर्माता छबिको तर्फबाट बनेको पहिल सिनेमा ‘युगदेखी युगसम्म’ देखी पछिल्लो पटक प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हवल्दार सुन्तली’सम्मका १८ वटै सिनेमाको तर्फबाट प्रतिनिधित्व गर्ने निर्देशक, प्राविधिक तथा कलाकारहरुको उक्त समारोहमा उपस्थिती थियो ।

कार्यक्रममा वोल्दै नपाली सिने उधोगमा सबैको ‘बा’ उपमा पाएका ‘बर्थडे ब्वाई’ छबिराज ओझाले अहिले ‘बा’ बनेको आप्नो मनमा अबको दिनमा ‘हजुरबा’ सम्म बन्ने चाहना रहेको बताए । ‘अहिले सबैले ‘बा’ भन्नु हुन्छ, अब कलाकर्मीको हजुरबा बन्ने ईच्छा छ’ छबिले भने । आफु सँधै नेपाली चलचित्र र चलचित्र उधोगको हितको लागी लागेको र यो यात्रा जीन्दगीभर रहने दृढता उनले व्यक्त गरे ।
chhabiraj ojha birthday3कार्यक्रममा छबिलाई जन्मदिनको शुभकामना दिँदै अभिनय शिरोमणी शाह तथा निर्माता उद्धव पौडेलले नेपाली चलचित्र उधोगमा अझै धेरै छबिराज ओझाहरुको आवश्यकता रहेको बताए । बर्थ डे समारोहमा छविले स्थापित गरेका धेरै अभिनेत्रीहरु भने उपस्थित थिएनन् । जहाँ नायिका तथा छबिकी पुर्व पत्नि रेखा थापाको अभाव पनि धेरैले महसुस गरे । त्यस्तै हिरो डेब्यु अभिनेत्री पुजना प्रधान, ‘लज्जा’ डेब्यु अभिनेत्री शिल्पा पोखरेल र ‘लोफर’ डेब्यु अभिनेत्री रजनी केसी कर्यक्रममा उपस्थित थिए भने हास्य कलाकार दिपाश्री निरौला पनि छबिलाई ‘केक’ खुवाउन पुगेकी थिइन् ।birthday1 chhabi baaत्यस्तै छबिराज प्रोडक्शनको सिनेमा निर्देशन गर्ने अवसर पाउने निर्देशकहरु नरेश पौड्याल, दिपक श्रेष्ठ, सविर श्रेष्ठ, नवल नेपाल, श्याम भट्टराई, ऋषी लामिछाने, उज्जल पौडेल लगायतको साथमा छबिले डेब्यु दिएका अभिनेताहरु आयुष रिजाल, सविन श्रेष्ठ, किशोर खतिवडा, नरेन खड्का लगायत उक्त समारोहमा उपस्थित थिए ।

यसैबीच सोही कार्यक्रममा सिनेमा ‘हवल्दार सुन्तली’ को रिलिज मिति पनि सार्वजनिक गरिएको छ । सिनेमा नयाँ बर्षको छेकोमा आउँदो चैत्र २७ बाट दर्शकमाझ आउने जानकारी कार्यक्रममा गराईयो । यो सिनेमामा ऋषी लामिछानेको निर्देशन तथा शिल्पा पोखरेल र किशोर खतिवडा अनि सविन श्रेष्ठको लिड अभिनय छ ।