सोहित र हर्षिकाको प्रेम नतिजा जान्ने हो ? पौष ११ पर्खिनूस !

harshika 1‘विदेश पुगेर धन कमाउने सपना बुनेको युवाको वास्तविकता र सपनाको संसार कस्तो हुन्छ ? अनि त्यो सपना पुरा गर्न खोज्दाको परिणाम के हुन्छ’ यी र यस्तै विषयवस्तुमा आधारित रहेर तयार सिनेमा ‘नतिजा’ प्रदर्शनको तयारीमा छ । गत बर्ष नै प्रदर्शनको तयारी भएता पनि सेन्सरको झमेलामा परेको यो सिनेमाको सबै कुरा मिलेपछी अब भने पौष ११ बाट दर्शकमाझ आउन लागेको निर्देशक प्रमोद भण्डारीले जानकारी दिए ।

सिनेमाले विदेशको सपना बोकको युवा तथा उसको प्रेम कथा बोल्नेछ । ‘सिनेमामा नेपाली दर्शकले चाहने जस्तै मनोरञ्जन र सन्देश दुबैको मिश्रण छ, निर्देशक भण्डारी सुनाउँछन् । उनका अनुसार नेपालको वैदेशिक रोजगारमा जाने युवाहरुको पीडा पनि सिनेमाको विषयवस्तु हो ।

यो सिनेमामा अभिनेता सोहित मान्नधर र अभिनेत्री हर्षिका श्रेष्ठ लिड रोलमा छन् भने यी दुईसँगै विशाल श्रेष्ठ र सिर्जना सुब्बा पनि मुख्य भुमिकामा छन् । सपना श्रेष्ठ, गोविन्द तिमिल्सिना र शक्ति पण्डितले लगानी गरेको यो सिनेमा भित्र समावेश केहि दृश्यहरुमा सेन्सरले कैंची लगाउन भनेपछी क्रोध बनेको निर्माण टिमले त्यो नमान्दा सिनेमा तोकिएको समयमा दर्शकमाझ आउन सकेको थिएन् । अब भने रिलिज मिति आउँदासम्म प्रचारको नयाँ तरिकासहित सिनेमा युनिट दर्शकमाझ पुग्ने बताएको छ ।