बद्री पंगेनीले ल्याए, रातो पछ्यौरी

लोक गायक बद्री पंगेनी र शकुन्तला थापाको नयाँ लोक दोहोरी गीत रातो पछ्यौरी बजारमा आएको छ। राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा राजधानीमा शनिबार एक समारोहका बीच उद्योगमन्त्री महेश बस्नेतले, सो गीतिसंग्रह सार्वजनिक गर्नु भएको हो । एक नारायण भन्डारीको लय तथा शब्द सिर्जना र विनोद बाजुरालीको संगित संयोजनमा रहेको सो गीति संग्रह विमोचन समारोहमा बोल्दै, उद्योगमन्त्री महेश बस्नेतले, नेपाली गीत संगितक्षेत्रलाई उद्योगको रुपमा अघि बढाउन आवश्यक सहयोग गर्ने बचन दिनुभएको छ ।

badri pangani

आफु लोक संगीत तथा साहित्य सुनेर पढेर हुर्किएको भएपनि पछिल्लो समय नेपाली संगीतक्षेत्र धरासायी भएको प्रति दुःख लागेको भन्दै, यसलाई समृद्ध उद्योगको रुपमा स्थापित गर्न आवश्यक योजना निर्माणका लागि गीत संगित, कला, साहित्य तथा चलचित्र जस्तो बौद्धीक उद्योग संग आवद्ध संघ संस्थाले भरपर्दो खाका बनाउन पर्ने उहाँको भनाई छ । यदी भरपर्दो कार्ययोजना बनाए यो क्षेत्रको विकाश हुनेमा आफु आशाबादी रहेको भन्दै उहाँले नेपाली संगीत उद्योगको विकाशका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

सो समारोहमा चर्चित लोक गायक बद्री पंगेनीले, नेपाली कलाकार विदेश पलाएन हुनुका कारण बारे चर्चा गर्दै नेपाली संगीत उद्योगको अबस्था यस्तै रहने हो भने कलाकारहरु यो क्षेत्रबाट पलाएन हुनेक्रम बढ्ने बताउनु भयो । उहाँले यदी पाइरेसी नियन्त्रणका लागि सरकारले भरपर्दो कार्यक्रम नबनाए अब नयाँ मौलिक सिर्जना बजार ल्याउन कठिन हुने र विदेश गीत संगीतको बचश्व हुने तर्फ ध्यानाकर्षण गराउनु भयो ।

त्यस्तै झण्डै ३ बर्षदेखि इटली बस्दै आएकी गायीका शकुन्तला थापाले यदी नेपाली संगीत उद्योगबाट रोजी रोटीको ग्यारेन्टी हुने अबस्था भएको भए विदेश जानु पर्दैनथ्यो भन्नुभयो । उहाँ आइतबार इटली प्रस्थान गर्दै हुनुहुन्न । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका महासचीव रमेश बी.जी, लगायतका बक्ताले विमोचित गीति संग्रहको सफलताका लागि शुभकामना प्रदानगर्नु भएको थियो ।

सोही अबसरमा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले, लोक कला साहित्य र संस्कृतीको विकासका लागि पत्रकार तथा संचारकर्मीको महत्वपुर्ण भुमिका हुने बताउनु भयो ।