यसकारण सरेको थियो 'माई प्रमिश' रिलिज डेट

22 (1)गत मंसिर ५ लाई महिनौ दिन पहिले रिलिज मिति तय गरेको सिनेमा ‘माई प्रमिश’को अन्त्यमा रिलिज सरेर पौष ११ पुग्यो । यो बीचमा अन्य दुई सिनेमासँग डराएर सिनेमा सारिएको भन्ने गाईंगुईं सिने नगरीमा चलिरहँदा यो सिनेमाको निर्माण युनिटले भने डराएर रिलिज नसारिएको स्पष्ट पारेको छ । सिनेमामा अभिनयमा रहेका लिड कलाकारहरु नै अन्य दुई सिनेमामा पनि दोहोरिएकोले बाध्यताबस सिनेमाको रिलिज सार्नुपरेको निर्माता तथा अभिनेता रमेशचन्द्र राईले बताए ।

‘माई प्रमिश’का कलााकर विक्शन विक्रम राई मंसिर ५ मा रिलिज भएको सिनेमा ‘हमजायगा’मा पनि छन भने यो सिनेमाकी लिडड कलाकार केकी अधिकारी अर्को सिनेमा ‘श्री ५ अम्बरे’मा छिन् । एकै कलाकार दुई तीन सिनेमामा दोहोरिँदा दर्शक झुक्किने तथा गलत प्रभाव पर्ने देखिएर सिनेमाको रिलिज मिति सारिएको हो’ राईले  फिल्मीजुमलाई भने । त्यसो त यो सिनेमाको पर्याप्त पब्लिसिटी नपुग्नु पनि रिलिज डेट सर्नुको अर्को कारण हो ।

टिआरएनजी प्रोडक्सनको ब्यानरमा  तयार यो सिनेमा सुरज सुब्बा नाल्बोको निर्दशनमा तयार भएको हो । सिंगापुरे लाहुरेको कथा बोल्ने यो सिनेमामा केकी, विल्शन तथा रमेशसँगै नरकुमार लिम्बु, सोभा सुब्बा, अनुराग कुंवर, मार्टिन खान लगायतको  अभिनय छ । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व छ ।