४ बर्षपछी सुटिङ सेटमा सञ्चिता, 'नाई नभन्नु ल ३' ईन्डक्ल्याप

sanchita1व्लकवस्टर प्रोजेक्ट ‘नाई नभन्नु ल ३’ को छायाँकन सकिएको छ । ४२ दिनमा मुस्कान ढकाल डेब्यु निर्देशित नाई नभन्नु ल को तेस्रो प्रोजेक्टको छायाँकनको काम सकिएको हो । पहिलो दुई प्रोजेक्ट निर्देशन गरेका विकास आचार्यले यो सिनेमामा भने मुस्कानलाई निर्देशनको जिम्मा थमाएका थिए ।

यो सिनेमा मार्फत अभिनेत्री सञ्चिता लुईङटेल पनि अभिनयमा फर्किएकी छिन् । सानो तर महत्वपुर्ण भनिएको भुमिका मार्फत सञ्चिता नेपाली रजतपटमा पुनरागमन गरेकी हुन् । चार बर्षपछि पुरानो माहोलमा फर्किंदा निकै खुसी लागेको तथा मन उत्साहित भएको सञ्चिताले बताईन् । ‘चार बर्षको ‘ग्याप’ भएपनि चार दिन पछि सेटमा फर्किए जस्तो महसुश भएको छ, अनि सिनेमा पनि राम्रो बनिरहेको विश्वास छ मलाई’ उनले सुनाईन् ।sanchita3सिनेमामा सञ्चिताको अपोजिटमा सुरजसिंह ठकुरी देखिँदैछन् भने अनुभव रेग्मी, प्रियंका कार्की, संयम पुरी, आश्मा डिसी, आर्यन सिग्देल सहित विशेष भूमिकामा निरज बराल, मुकेश ढकाल र गरिमा पन्तलाई पनि देख्न सकिनेछ । आउँदो चैत्र २७ देखि दर्शकमाझ आउने बताइएको यो सिनेमा दर्शकको लागी पनि प्रतिक्षाको प्रोजेक्ट हो । यो सिनेमामा नृत्य कविराज गहतराजको रहेको छ ।