सलमानले कट्रिनालाई कैफ हैन, कपुर भनेपछी…. (भिडियो)

सलमानको वहिनी अर्पिताको बिहे भव्य समारोहको बीच सम्पन्न भयो । सलमानले निम्तो दिए जति सेलिब्रेटी तथा अन्य भिन्न विधामा जोडिएका सबैजसो व्याक्तित्वहरु उपस्थित भए । करोडौं खर्चेर गरिएको उक्त वैवाहिक समारोहले चर्चा र परिचर्चा पनि व्यापक पायो । salman and katrinaअनि मिडियाको लागी गसिप बन्ने अनेकन मसलाहरु त्यहाँ आईरहे, अनि बनिरहे पनि । कभरेज देख्दा लाग्थ्यो,  भारतिय मिडियाहरुले अहिलेसम्मकै सर्वाधिक चर्चा गरेको विषय सलमानको बहिनीको बिहे बन्यो । यो बीचमा भएको एक कार्यक्रम (स्टेज सो) मा सलमान, आमिर कट्रिनादेखी धेरै सेलिब्रेटी उपस्थित थिए ।जहाँ लामो समय प्रेमको चर्चामा रहेका सलमान र कट्रिनालाई सँगै देख्दा धेरैले तालि र हुटिङ गरे । तर सलमानले कट्रिनालाई सम्बोधन गर्दा कट्रिना कैफ हैन, कट्रिना कपुर भनिदिए, तव हाँसोले माहोल नै अर्कै बन्यो ।

खान बन्न नसकेकी कट्रिना पनि सलमानले भन्न भ्याए । खान हुन धेरै चान्स मिस गरेकी पनि उनले भने । पछिल्लो समय रणविर कपुरसँगको प्रेम र विवाहको चर्चामा रहेकी कट्रिनााई सलमानले रणविरसँगै जोडेर कपुर बनाएका थिए ।

यो भिडियो हेर्नुहोसः