यस्तो छ 'जेरी'को पहिलो हप्ताको कलेक्सन (बक्सअफिस)

jerryयुवा दर्शकको अत्याधिक मन जितेको सिनेमा ‘जेरी’ले सफलताको साथ पहिलो हप्ता पार गरेको छ । शुक्रवारबाट दोश्रो हप्तामा प्रवेश गरेको यो सिनेमाले आज पनि दर्शकको राम्रो साथ पायो । प्रदर्शनको ४ दिनमा नै करोड क्लव प्रवेश गरेको यो सिनेमाले पहिलो हप्तामा १ करोड २७ लाख ग्रस कलेक्शन गरेको वितरण कम्पनिले जनाएको छ ।

प्रदर्शनको पहिलो दिनबाट नै दर्शकको राम्रो साथ बटुलेको हेमराज बिसी निर्देशित यो सिनेमाले साताका सबैजसो दिनमा तुलनात्मक रुपमा दर्शकको राम्रो साथ पायो । सिनेमा प्रति अभिनेता अनमोल केसीको चम्किँदो स्टारडमले पनि युवा दर्शकको क्रेज बढी देखियो । ‘जेरी’ ले पहिलो ४ दिनमा १ करोड ४ लाख को ग्रस कलेक्शन गरेको थियो ।

त्यसो त यो सिनेमामा रहेको अभिनय हाईपले अनमोललाई स्टार बनाएको चर्चा सिने नगरीमा सुरु भएको छ । ‘होस्टेल’ पछी दोश्रो प्रोजेक्टमा पनि लगातार सफल हुनेको लिस्टमा अनमोल अभिनेतामा र निर्देशक हेमराज ‘एक्शन कट’मा परेका छन् ।

सिनेमा ‘जेरी’मा अनमोलसँगै अन्ना शर्मा, अमलिया शर्मा र अभिषेकमान शेरचन लिड रोलमा छन् । मनोज शेरचनको लगानी रहेको यो सिनेमाले समिक्षकहरुबाट पनि राम्रै प्रतिक्रिया बटुलेको छ । यो हप्ता प्रदर्शनमा आएका दुई सिनेमाको भन्दा पनि ‘जेरी’ प्रति दर्शकको क्रेज बढी देखिएको छ । जसले पनि अनमोल स्टारर यो सिनेमाे बक्सअफिसमा थप कमाल गर्ने निश्चित देखिन्छ ।