निशाको तश्विरले के गरायो संयमलाई ? (भिडियो)

सिनेमा ‘आभाष’ को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक यो सिनेमाको गीतमा अभिनेत्री निशा अधिकारी र अभिनेता संयम पुरी फिचरिङमा छन् । गीतले निशाको तश्विर संयमको जिउँने बाहाना भएको कुरा बोल्छ ।nisha and samyam1सुरेन्द्र पौडेलको डेब्यु निर्देशनमा तयार ‘आभाष’ सिनेमाको सार्वजनिक गीतमा शब्द तथा संगीत क्रमशः सुजन सुवेदी र प्रकाश नेपालीको छ भने स्वर सन्तोष लामाको रहेको छ । गीतको कोरियोग्राफी गम्भिर बिष्टको हो । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

ग्लोसी पिक्चर्स र क्रियटिभ फिल्म्सको व्यानरमा तयार भएको यो सिनेमा पौष २५ मा रिलिज हुँदैछ । सिनेमामा निशा र संयमसँगै आस्मा डिसी र सलोन बस्नेत लिड रोलमा छन् । यो सिनेमामा गोविन्द शाही, पवन श्रेष्ठ, दीपक शाही र रवि शाक्यको संयुक्त लगानी छ ।

गीत हेर्नुहोसः