फ्राईडे रिलिजः पर्दामा 'हमजायगा' भर्सेज 'श्री ५ अम्बरे' !

फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । अघिल्लो हप्ता प्रदर्शनमा आएको सिनेमा ‘जेरी’ को होल्ड ओभर कायमै रहँदा दुई सिनेमा ‘हमजायगा’ र ‘श्री ५ अम्बरे’ प्रदर्शनमा आएका हुन् ।

दिपा बस्नेत निर्देशित अम्बरेमा सौगात मल्ल तथा केकी अधिकारी लिड रोलमा छन् । सिनेमाले सडक वालवालिकाहरुको कथा बोल्छ । सडक वालवालिकाहरुले आफ्नो सपना पुरा गर्नका लागी के गर्छन र कस्तो सपना बुन्छन भन्ने कथा यो सिनेमाले बोल्छ ।ambare vs hamjayagaत्यस्तै ‘हमजायगा’ मा बाबु बोगटी, विल्शन विक्रम राई र पार्वती राई लिड रोलमा रहेको यो सिनेमालाई सुरेन्द्र पुनः ले निर्देशन गरेका हुन् । यो सिनेमाले दार्जिलिङ तिर बोलिने प्रचलित थेगो ‘हमजायगा’मा आधारित यो सिनेमा कमेडी जनराको यसअघी नै निर्माण युनिटले बताएको छ ।

दुबै सिनेमाले दर्शकमाझ आउँदा हल भने राम्रो संख्यामा पाउन सकेनन् । बक्सअफिसमा करोड क्लव क्रस गरेको ‘जेरी’ नै सिनेमा हलमा टिकिरहेको छ, दर्शकको क्राउड कायमै रहेकोले अघिल्लो हप्ता प्रदर्शनमा आएको यो सिनेमाले यो हप्ता थप हल पाएको जानकारीमा छ । हेमराज बिसी निर्देशित यो सिनेमामा अनमोल केसी, अन्ना सर्मा र अमलिया शर्मा लिड रोलमा छन् । सिनेमालाई युथ दर्शकले बढी मन पराएको पाईएको छ ।