पार्लर उद्घाटनमा छबि र पुनम सँगसँगै

chhabi ba and poonam gautam nd diwakar आफ्नो सिनेमाको प्रचार- प्रसार हुने अनि पब्लिकसँग नजिक हुन पाईने भएपछी चलचित्रकर्मीहरुलाई सार्वजनिक कार्यक्रम मात्र होईन् सपिङ कम्प्लेक्सदेखी व्यापारिक घराना सबै ठाउँमा पुग्छन् । विहिवार पनि दृश्य यस्तै देखियो । गोंगवुस्थित एक व्युटी पार्लरको उद्घाटनको क्रममा नेपाली सिनेकर्मीको एक टोली देखापर्यो । स्थानिय दुर्गा केसीले सञचालनमा ल्याएको पार्लर उद्घाटनो क्रममा रिबन काट्दै गर्दा निर्माता छबिराज ओझा, निर्मात्री पुनम गौतम देखिए ।

नयाँ बर्षको छेकोमा प्रदर्शनमा आउने सिनेमा ‘हवल्दार सुन्तली’ निर्माता छबिसँगै अभिनेता किशोर खतिवडा पनि थिए । त्यस्तै उद्घाटनको क्रममा फागुन १५ लाई रिलिज मिति तय गरेको सिनेमा ‘अझै पनि’ निर्मात्री पुनमसँगै , निर्देशक दिवाकर भट्टराई लगायत उपस्थित थिए । पार्लर उद्घाटनको क्रममा उनीहरुले आफ्नो आफ्नो सिनेमाको प्रचार गर्न समेत भ्याए ।

सञ्चालक दुर्गा केसीले १८ बर्षे ब्युटिसियन अनुभवपछी सात लाख बराबरको लगानीमा यो पार्लर सञ्चालनमा ल्याएकी हुन् । चलचित्र क्षेत्रका व्याक्तिहरुबाट नै उद्घाटन गर्ने चाहना राखेकोले सोही अनुरुपको कार्यक्रम तय भए अनुसार चलचित्रकर्मीहरुलाई निमन्त्रणा गरेको उनले बताईन् ।poonam gautam