राजधानीमा ‘एक्टिभ किड्स डान्सिङ एण्ड सिंगिङ प्रतिस्पर्धा

dancing singingकाठमाडौं । एक्टिभ यो मिडिया हाउस एण्ड एक्टिभ स्कुलले राजधानीमा हालै  ‘एक्टिभ किड्स डान्सिङ एण्ड सिंगिङ कम्पिटिसन २०१४’ नामक कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रतिसपर्धात्मक कार्यक्रममा गायनतर्फ लिटिल एञ्जल्स स्कुलका आर्यन रमदम सुनुवार र नृत्यतर्फ मेरी गोल्ड स्कुलका निशान तामाङ उत्कृष्ठ भए ।

त्यस्तै दशदेखि १५ वर्ष उमेर समूहको प्रतिष्पर्धामा गायनतर्फ धुन कला केन्द्रकी समिक्षा बस्नेत दोस्रो र नृत्यतर्फ नेपा डान्स एकेडेमीकी मानसी तामाङ दोस्रो बनिन् भने  ५ देखि ९ वर्ष उमेर समूहको नृत्य प्रतियोगितामा आइडियल मोडल स्कुलकी आर्या केसी प्रथम र नेपा डान्स एकेडेमीकी कृतुना श्रेष्ठ दोस्रो बनिन् ।

गायन र नृत्य अन्तर्गतको दुवै समूहका विजेता तथा उपविजेताले क्रमशः ट्रफीसहित १५ हजार र १० हजार रुपैंयाँ प्राप्त गरे । यसबाहेक उनीहरुले अन्य विविध उपहार पनि पाए । प्रतियोगिताको गायन विधाको निर्णायकमा वरिष्ठ गायिका संगीता राना प्रधान र वरिष्ठ गायक आनन्द कार्की थिए भने नृत्य विधातर्फ साल्सा एकेडेमीका एमडी तथा  कोरियोग्राफर विनायक दास श्रेष्ठ र शास्त्रीय संगीतकी सिनियर कोरियोग्राफर सुविमा श्रेष्ठ थिए ।