यस्तो छ, नेपालमा खिचिएको अक्षयको 'बेबी' फर्स्टलुक (भिडियो)

केहि दृश्यहरु नेपालमा कैद गरिएको वलिउड स्टार अक्षयकुमार अभिनिय सिनेमा ‘बेबी’ को फर्स्टलुक टिजर आउट आएको छ । विहिवार सार्वजनिक गरिएको यो सिनेमाको टिजरमा केहि एक्शन दृश्यहरु समावेश छन् । जहाँ नेपालमा खिचिएका दृश्यहरु पनि अटाईएको छ ।

नेपालमा सुटिङको क्रममा सुरक्षा तथा फ्यानहरुको कारण निकै चर्चामा आएको अक्षयको यो सिनेमाको २२ सेकेण्ड लामो टिजर आउट गरिएको हो । सिनेमा युनिटले प्रचारको क्रम सुरु गर्नको लागी टिजर आउट गरेको अनुमान लगाउन सकिन्छ ।

निरज पाण्डेय निर्देशित एक्शन थ्रिलर यो सिनेमा ‘बेबी’मा अक्षयसँगै अनुपम खेर, राना दग्गुवती, मधुरिमा टुती तथा तपसे पन्नु लगायत लिड अभिनयमा छन् । यो सिनेमालाई  २०१५ को जनवरी २३ मा रिलिज गरिने यसअघी नै घोषणा भईसकेको छ ।

टिजर हेर्नुहोसः