'आवेग'मा आउँदा आर्यनको अनुहार कता ?

aabeg coverकतिपय दृश्य सांकेतिक हुन्छन् । जहाँ कोही कसैको मुहार नदेखिईँदै गर्दा पनि चित्रित आकृतिले अनेक शब्द बोलिरहेको हुन्छ । यो यस्तै शब्द बोल्ने गरी एक्शन जनराको सिनेमा ‘आवेग’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक बसन्त निरौलाले सार्वजनिक गरेको पहिलो अनुहारमा सिनेमाका पात्रहरु भने गौण छन् । तर पोस्टरले सिनेमामा खतरनाक एक्शनका दृश्यहरु समावेश भएको भान हुन्छ ।

सिनेमा ‘आवेग’मा अभिनेता आर्यन सिग्देलको एक्शन अवतार देख्न सकिने छ । सिनेमाको पहिलो अनुहारमा उनको अनुहार नदेखाए पनि हातले धेरै कुरा बोलेको भान हुन्छ । आर्यनसँगै धुर्वदत्त, पवित्रा आचार्य, अर्चना देलालाको लिड अभिनय रहेको यो सिनेमालाई फागुन ८ बाट दर्शकमाझ ल्याउने तयारी निर्माण युनिटले गरेको छ । सिनेमामा राजेन्द्र घिमिरे र धनसिंह केसीले लगानी गरेका छन् ।

aabeg