रेखाको हातबाट अकस्मात पेस्तोल पड्किएपछी… (भिडियो)

rekha in tathastuसविर श्रेष्ठको निर्माण तथा निर्देशन रहेको रेखा थापा स्टारर सिनेमा ‘तथास्तु’ को साँगीतिक प्रोमो सार्वजनिक रिलिज गरिएको छ । ३० सेकेण्ड लामो सार्वजनिक प्रोमोमा ‘कहिले माया स्याड फेस’को ‘सर्ट’ गीतसँगै अन्तिममा रेखाले पेस्तोल पड्काएको दृश्य बोल्छ ।

पोष्टको क्रममा रहेको यो सिनेमाको प्रचारको क्रम सुरु भएसँगै यो सर्ट प्रोमो सार्वजनिक गरिएको हो ।  ‘तथास्तु’ आउँदो पौष २५ गतेबाट नेपालभर प्रदर्शनमा आउँदैछ । काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘तथास्तु’ निर्माणमा सविरसँग रामहरी धितालले सहकार्य गरेका छन् । ‘तथास्तु’ को यतिबेला चक्रपथस्थित किन्डल रेड स्टुडियोमा पोष्ट प्रोडक्सनको कार्य चलिरहेको छ ।

बाबु श्रेष्ठको छायाँकन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा राजमी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन छ ।  ‘तथास्तु’मा द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।अभिनेत्री रेखा थापा यो सिनेमामा मुख्य कलाकार हुन भने सिनेमामा उनीसँगै किशोर खतिवडा, सबिन श्रेष्ठ, विज्ञान जोशी, किरण थापा लगायतको लिड अभिनय छ । सिनेमाको पटकथा एवं संवाद जगदिश्वर थापाको हो ।

भिडियो हेर्नुहोसः