मधुले हात समाउँदा किन लजाए हमाल ?

rajesh hamal wid madhu1अरु सेलिब्रेटी जसरी जस्तो-तस्तो कार्यक्रममा नदेखिने महानायक राजेश हमाल मंगलवार राजधानीको एक हलमा भएको हलिउड सिनेमाको प्रिमियरमा देखिए । महानायक हमाल श्रीमती मधु भट्टराईसँग सिनेमा हेर्न हलमा पुगेका थिए ।

पछिल्लो समय मिडियामा खासै नदेखिएका हमाल केहि ‘ग्याप’ पछी श्रीमतीसँगै सो कार्यक्रममा देखिएका थिए । जहाँ हमाल दम्पति कुनै श्रीमान श्रीमतीको जोडी भन्दा पनि भर्खर प्रेममा परेको जोडीको जस्तो झल्को दिनेगरी उपस्थित थिए । मधुले हमालको दाहिने हात समाएर हलभित्र छिरेको अनि त्यो बीचमा चलेको भलाकुसरीले अरुलाई पनि ध्यान केन्द्रित गरेको भान हुन्थ्यो ।

तर मधुले सँगैहात समाएर हिँड्न खोज्दा हमाल भने कताकता लजाएको मानेको अनुहारले बताउँथ्यो । तर जब क्यामेरा आफुतर्फ तेर्सियो तब मधुले हमालको देब्रेहातमा जोडेको आफ्नो हात तल झारिन् । यो दृश्यले हमाल जोडी दुबै जनाले ‘अफ्ठ्यारो अनुभुती गरेको जस्तो लाग्थ्यो । लामो प्रेमपछी विवाहको समयमा आएर मात्रै मधुलाई प्रेमिका सार्वजनिक गरेका हमाललाई सँगै उठबस गर्न अनि हिँडडुल गर्न पब्लिकको अगाडी लाज र अफ्ठ्यारो लाग्न अझै छाडेको रहेनछ कि ? (गसिप)

rajesh hamal

rajesh dai wid gf madhu