निर शाह अब ‘वडा नम्बर ६’ का मुखिया !

nir1कमेडी सिनेमा ‘छ एकान छ’ को सफलताले पछी सोही टिमबाट निर्माण हुन लागेको दोस्रो सिनेमा ‘वडा नम्बर ६’ को लागी अहिले कलाकारहरु फाईनल गर्ने क्रम जारी छ । केहि समय पहिले अभिनेत्रीमा प्रियंका कार्की तथा अभिनेता दयाहाङ राई यो सिनेमामा आबद्धताको खवर बाहिरिएको थियो । यो बीचमा  दिपाश्री निरौला तथा निर्मल शर्मा र दिपकराज गिरीको लगानी रहने यो सिनेमामा अब भने बरिष्ट कलाकार निर शाह पनि मिसिएका छन् । शाहले ‘वडा नम्बर ६’ मा मुखियाको जिम्मेवारी सम्हाल्ने पक्का भएको निर्माण टिमले जानकारी दिएको हो ।

आउँदो साताबाट सुटिङ सुरु हुने यो सिनेमाको लागी शाह मुखियाको भूमिकामा चुनिएका हुन् भने शाहसँगै सिनेमामा हास्यकालाकार राजाराम पौडेल पनि अनुबन्धित भएका छन् ।  सिनेमालाई उज्जवल घिमिरेको ‘एक्शन कट’ गर्नेछन् ।

‘वडा नम्बर ६’मा शाह, दयाहाङ प्रियंकासँगै दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल लगायतको मुख्य अभिनय रहनेछ । कार्कीको मुख्य भूमिका रहनेछ । त्यस्तै हास्य कलाकार विल्सन विक्रम राई र शिवहरी पौडेल सँगै अभिनेता किशोर खतिवडा ‘वडा नम्वर ६’ मा अतिथि भूमिकामा प्रस्तुत हुने जानकारीमा छ । निर्मात्री दिपाश्री निरौलाको फिल्ममा अभिनय रहने नरहने बारे निर्माण युनिटले खुलाउन चाहेको छैन ।
४ गीत समावेश हुने सिनेमा ‘वडा नम्वर ६’ मा संगीत सुगम पोख्रेल, बसन्त सापकोटा, राजनराज शिवाकोटी र दिपक शर्माको रहनेछ । सिनेमालाई ३५ दिनमा खिचिसकिने निर्माण टिमले दावी गरेको छ ।