हल तताउन प्रचारमा तात्दै सविरको 'तथास्तु'

tathastu13 निर्देशक सविर श्रेष्ठ, झट्ट नाम सुन्दा नै नेपाली सिने नगरीको लागी केहि आशा अनि संभावना बोकेको नाममा पर्दछ । तर यो नाम अब निर्देशकमा मात्र होईन, निर्मातामा पनि जोडिएको छ । सविरले निर्माण तथा निर्देशन गरेको पछिल्लो चलचित्र ‘तथास्तु’ को रिलिज मिति नजिकिँदै गर्दा सविर अनि उनको सिनेमाको चर्चा सुरु भएको छ ।

त्यसो त पुष २५ बाट प्रदर्शनमा आउने यो सिनेमाको पछिल्लो समय सार्वजनिक गीत सामाजिक सञ्जालमा चर्चामा छ । ‘कसले चोर्यो मेरो मन’ र ‘काली’ जस्ता व्यावसायिक सफल सिनेमाहरु निर्देशन गरेका सविर श्रेष्ठले रामहरी धितालसँग साझेदारी गरेर ‘तथास्तु’ निर्माण गरेका हुन् ।

व्यावसायिक सफल निर्देशक सविर सफल निर्माताको पनि परिचय थप्न चाहान्छन् । त्यसैले प्रदर्शनको दुई महिना अगावै सविरले ‘तथास्तु’ को प्रचार प्रसारलाई व्यापक बनाउने सोचमा छन् । सिनेमाको बारेमा दर्शकसम्म राम्रो सँग जानकारी पुर्याउन सकियो भने हलसम्म आउनेमा कुनै शंका नहुने सविर सुनाउँछन् ।tathastu21पछिल्लो समय लिड अभिनय रहेका लगातार जस्तो हिट सिनेमा दिएकी अभिनेत्री रेखा थापा यो सिनेमामा मुख्य कलाकार हुन भने सिनेमामा उनीसँगै किशोर खतिवडा, सबिन श्रेष्ठ, विज्ञान जोशी, किरण थापा लगायतको लिड अभिनय छ । सिनेमाको पटकथा एवं संवाद जगदिश्वर थापाको हो ।

बाबु श्रेष्ठको छायाँकन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा राजमी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन छ । अहिले पोष्टको काममा रहेको यो सिनेमा ‘तथास्तु’ द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।