सुदर्शनले पुजालाई सिंदुर हाल्दा यसरी नाचिन प्रमिला (भिडियो)

दिवंगत अभिनेता आलोक नेम्वाङको अन्तिम सिनेमा’ अझै’ पनि को नयाँ गीत सार्वजनिक भएको छ । विवाहको मौसमलाई लक्षित गरेर सार्वजनिक गरिएको रत्यौली गीतमा अभिनेत्री प्रमिला खनालले कम्मर मर्काएकी छिन् । गीतले ग्रामिण भेगमा रमाईलो पाराले खेलिने ‘रत्यौली’ को झल्को दिन्छ ।

सार्वजनिक ‘अझै’ पनि को ‘चकम चमक’ बोलको रत्यौली गीतको भिडियोमा नेपालकै पहिलो ‘बेल्ली डान्सर’ प्रमिलाको नृत्य लोभलाग्दो छ । भिडियो मार्फत सिनेमामा अभिनेता सुदर्शन थापाले अभिनेत्री पुजा शर्मालाई सिन्दुर हालेको दृश्य सार्वजनिक हुँदा भिडियोमा कलाकारहरु मिथिला शर्मा, विजय लामा, सुरक्षा पन्त, विपना धिमाल, बिशाल ढुङ्गाना लगायत अटाएका छन् ।

गीतमा मनिषा पोखरेल र रिता बुढाथोकीको स्वर तथा राजनराज शिवाकोटीको शब्द र संगीत समावेश छ । सुदर्शन थापा र पुनम गेतमको लगानी रहेको यो सिनेमा फागुन १५ बाट दर्शकमाझ आउँदैछ ।

गीत हेर्नुहोसः