ईन्दिरा जोशीले फिल्म खेल्ने ?

indira joshi 1कुनै समय चलचित्रमा अभिनय नै गर्दिन भन्ने गायिका ईन्दिरा जोशी अन्ततः घुमउरो पाराले अभिनयमा रुची बढेको प्रतिक्रिया दिएकी छिन् । सुवर्ण थापा निर्देशित चलचित्र ‘फन्को’मा मार्फत पहिलो पटक सिनेमामा नृत्य गर्दै देखिन लागेकी ईन्दिराले चित्त बुझ्दो स्कृप्ट मिलेमा अभिनयमा आउन सक्ने बताईन् ।

हेटौडामा ‘फन्को’ को नृत्यको सुटिङको दौरानमा भेटिएकी ईन्दिराले फिल्मीजुमलाई भनिन्, ‘मैले आजका दिनसम्म हिरोईन बन्ने सोचेकी थिईन, तर मन बुझ्दो स्कृप्ट आएमा अब सिनेमा गर्छु भन्नेमा पुगेकी छु, म्युजिकल लभ स्टोरी बेसको सिनेमामा मलाई अभिनयको रहर बढेको छ ।’ त्यसो त ईन्दिराले आजका दिनसम्म धेरै सिनेमाको लागी अफर आएको तथा स्कृप्ट पढेर अस्विकार गरेको पनि खुलाईन् ।

‘अभिनय गर्नु भनेको गीत गाए भन्दा पनि कठिन काम हो भन्ने मलाई लाग्छ, त्यसैले ख्याल-ख्यालको कामले केहि हुँदैन, श्रोताबाट नेपाली साकिराको उपमा पाएकी सेक्सी लेडी ईन्दिराले सुनाईन, ‘अभिनयमा वर्कसपदेखी सुटिङमा जाँदासम्मको अवस्थाको बारेमा जानकार छु, त्यसैले मन बुझ्दो अनि क्षमताले भ्याउनेसम्मको सिनेमा मात्रै रोज्नेछु ।’

स्टेज गायनबाट दर्शकको ध्यान तान्न माहिर गायिका ईन्दिराले एकाएक सिनेमामा अभिनयको प्रतिक्रिया किन दिईन, त्यो चासो को विषय छ । किनकी सुरुमा सिनेमामा नै देखिन्न भनेकी ईन्दिरा ‘फन्को’मा एकाएक आईटम टाईपको गीतमा नृत्यका लागी राजी हुनु अनि सोही समयमा ‘अब सिनेमा पनि गर्छु’ भन्ने प्रतिक्रिया दिनुको पछाडी कुनै कारण पक्का हुनसक्छ । कतै ‘फन्को’ निर्देशक सुवर्ण थापाकै अर्को सिनेमामा त हिरोईन बन्दै छैनन् ईन्दिरा ? यो भने पक्का समयले बताउने छ ।